उत्तर कोरियाले छैटौं मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी

१३ माघ, एजेन्सी। उत्तर कोरियाले बिहीबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुई छोटो दुरीका ब्यालिस्टिक मिसाइलहरू परीक्षण गरेको छ। यो यस महिनाको छैटौं मिसाइल परीक्षण भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ।

उत्तर कोरियाको मध्य पूर्वी तट नजिकैको हामहुङबाट स्थानीय समय अनुसार बिहान ८ बजे र ८ बजेर ०५ मिनेटमा प्रक्षेपण गरिएका यी दुई क्षेप्यास्त्र करिब १९० किलोमिटर (११८ माइल) उडेर करिब २० किलोमिटर (१२.४ माइल) को उचाइमा पुगेपछि समुन्द्रमा अवतरण गरेको दक्षिण कोरियाली सेनाले बताएको सीएएनले उल्लेख गरेको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले प्योङयाङले २०२२ मा आफ्नो मिसाइल परीक्षणलाई तीव्र पारेको छ। संयुक्त राज्य अमेरिकाविरुद्ध आफ्नो प्रतिरक्षालाई बलियो बनाउने र सबै अस्थायी रूपमा निलम्बित गतिविधिहरू पुन: सुरु गर्न उत्तर लागिरहेको समाचारमा जनाइएको छ। दुई दिनअघि मात्रै उत्तर कोरियाले समुद्रमा क्रुज मिसाइल प्रहार गरेको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalKoreaMissilesNewsNorth KoreaPoliticPrime MinisterSher Bahadur DeubaSouth KoreaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment