राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले

१३ माघ, काठमाडौं । भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ । गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका ३१ सांसद थिए । तर, ९ भदौमा एमाले विभाजन हुँदा सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए ।

अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका २४ जना सांसद छन् । तर, आगामी २० फागुनबाट एमालेका सात सांसद घट्नेछन् । बुधबार १९ सिटका लागि भएको निर्वाचनमा एमालेले सात सिट गुमाएको छ । निर्वाचनमा एमालेले एक सिट मात्र जितेको छ, जब कि उसका आठ सांसद चारवर्षे कार्यकाल सकिएर २० फागुनबाट बिदा हुँदै छन् । ०७४ मा भएको निर्वाचनपछि राष्ट्रिय सभामा एमालेका सांसद २७ थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा त्यसवेला एमाले सबैभन्दा ठूलो शक्ति बनेको थियो ।

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद बिदा भए ।

दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघमा निर्वाचन हुँदा नेकपालाई फाइदा र कांग्रेसलाई धक्का भयो । निर्वाचनमा नेकपाले १६ सिट जित्यो । अर्कातिर, एमालेका आठ सांसद दुईवर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसपछि पनि राष्ट्रिय सभामा नेकपाका ४७ सांसद थिए ।

नयाँ पत्रिका



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19CPN UMLdigital khabardigitalkhabareducationhealthInternationalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment