हरिवनका मेयर चढेको सरकारी गाडी सीके राउतका कार्यकर्ताद्वारा तोडफोड

१२ माघ, काठमाडाैँ । सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं सवार गाडी सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानका लागि जनकपुर पुग्ने क्रममा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२-०३००१ झ ००२० नम्बरको गाडीमा उनीहरूले तोडफोड गरेका हुन। त्यसक्रममा मेयर प्रसाईं घाइते भएका छन्।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए। भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको बताइएको छ।

त्यस्तै, मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो। सांसद यादवको हातमा समेत चोट लागेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment