‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

११ माघ, जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो ।

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे-नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् ।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Businesbusinesscovid 19 updateCovid-19Deathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment