मिर्गौलापीडितको सहयोग याचना

११ माघ, तनहुँ । दुवै मिर्गौलामा समस्या भएकी व्यासनगरपालिका–१४ की १९ वर्षीया खुश्बु रानाले आफूलाई बचाइदिन सबै पक्षसँग याचना गर्नुभएको छ । घरको आर्थिक अवस्था नाजुकी रहेकी रानाले ‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी सबैसँग सहयोग माग्नुभएको हो ।

उहाँका श्रीमान् कोमबहादुर थापा नेपाल सेनाको सिपाही पदमा जागिरे हुनुहुन्छ । श्रीमान्को तलबले मात्रै आफ्नो उपचार खर्च सम्भव नभएकाले सहयोगका लागि अपेक्षा गर्नुभएको छ । श्रीमतीको उपचारमा खर्च धेरै लाग्ने भएकाले विभिन्न सङ्घसंस्था, राजनीतिक दल र सर्वसाधारणमा सहयोगको याचना गरिएको श्रीमान् थापाले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि आवश्यक सिफारिस प्रदान गरी सक्दो सहयोग गरिदिनुहुन सबै पक्षलाई अनुरोध गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । सहयोग गर्न चाहने महानुभावले मोबाइल नम्बर ९८२९१५२९१५ र ९८१५१४६००० मा सम्पर्क गर्नुहुन परिवारजनले आग्रहसमेत गरेको छ ।

व्यासमा अत्यावश्यकबाहेक सेवा बन्द

व्यास नगरपालिका कार्यालयले माघ ११ देखि माघ १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जनाएको छ । नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । निर्वाचन आयोगको परिपत्रअनुसार स्वास्थ्य परीक्षण गर्दा नगरप्रमुख, उपप्रमुखसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले चार दिनका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment