२४ घण्टामा कोभिडबाट चारजनाको मृत्यु

०९ माघ, काठमाडौँ । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको बताउनुभयो । हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।

यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCorona DeathCoronaviruscovid 19 updateCovid-19digital khabarNepali News
Comments (0)
Add Comment