सुनचाँदीको मूल्यमा गिरावट

०९ माघ, काठमाडाैँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilvernepalNews
Comments (0)
Add Comment