आज रातिदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागू हुँदै

०७ माघ, काठमाडाैँ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा आज (शुक्रबार) रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो। नयाँ आदेशानुसार अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ।

औषधि, स्वास्थ्यसामाग्री बोकेका सवारीसाधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, पशुपंक्षीका दाना, फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownNewsPolitic
Comments (1)
Add Comment