अत्यावश्यकबाहेकका सेवा रोक्ने ललितपुर जिल्ला प्रशासनको निर्णय

०५ माघ, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अत्यावश्यक बाहेकका सेवा  अनिश्चितकालका लागि स्थगित गरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

बिहीबारदेखि नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उनले जानकारी दिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment