एमालेका ६ प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन

०५ माघ, काठमाडाैँ । नेकपा एमालेले ६ वटा प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन गरेको छ। मधेश प्रदेश बाहेक अरु सबै प्रदेश सम्पर्क कमिटीमा एमालेले नेतृत्व चयन गरेको हो।

जसअनुसार प्रदेश १ सम्पर्क कमिटीको अध्यक्षमा कपिलदेव ‌ओली चयन भएका छन्। बागमतीमा अशोक ठकुरी, गण्डकीमा ऋषि कँडेल र लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नारायण पाण्डे चुनिएका छन्।

यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीमा जेबी शाही र सुदूरपश्चिम सम्पर्क कमिटीमा दलबहादुर धामी चुनिएका एमालेले जनाएको छ। एमालेले प्रदेश सम्पर्क कमिटीलाई जिल्ला कमिटी सरह मान्यता दिएको छ।

प्रदेश सम्पर्क कमिटीको अधिवेशन पुस ३० उद्‌घाटन गरिएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment