मधेश प्रदेश नामाकरण र राजधानी जनकपुर बन्दा प्रचण्ड खुसी, लेखे बधाइ पत्र (बिज्ञप्तिसहित)

०५ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश – २ को नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै बधाइ ज्ञापन गरेका छन् ।

बुधबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नामाकरण माओवादीले उठाउदै आएको पहिचानसहितको संघियताको मर्म अनुसार भएको भन्दै प्रदेश – २ का सांसदहरुलाई बधाइ ज्ञापन गरेका छन् ।

उनले मधेश प्रदेशका सबै न्यायप्रेमी समुदायलाई पनि बधाइ ज्ञापन गरेका छन् । सोमबार प्रदेशसभामा प्रदेश – २ को नाम र राजधानी टुङ्गो लगाउन निर्वाचन भएको थियो ।

जसमा प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा दुईतिहाइ मत परेको थियो । सो निर्वाचन परिणामसँगै प्रदेश को नाम मधेस र राजधानी स्थायी राजधानी जनकपुर कायम भएको छ ।

हार्दिक बधाई !

हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम रराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessDeathdigital khabarhealthKathmanduNepali NewsPoliticsRain
Comments (0)
Add Comment