पाकिस्तानद्वारा दुःख व्यक्त

०४ माघ, एजेन्सी । पाकिस्तान सरकारले मङ्गलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७ मा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, पाकिस्तान सरकार र जनताले आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र यस भूकम्पमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा सोमबार दिउँसो गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको प्रान्तीय अधिकारीले मंगलबार बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले तुर्कमेनिस्तानसँग सीमा जोडिएको बदघिसको प्रान्तीय राजधानी काला–ए–नाउबाट ४० किलोमिटर पूर्वमा भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा धेरै पराकम्पन पनि महसुस गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment