मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

०४ माघ, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए । उनले भने, ‘ढुङ्गा फ्याल्नेको खोजी गर्ने भइरहेको छ ।’



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment