साप्ताहिक कारोबारको दोस्रो दिन २०.६९ अंकले बढ्यो सेयर बजार

०३ माघ, काठमाडाैँ । साप्ताहिक कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार पनि बढेको छ।

सोमबार सेयर बजार मापन परिसूचक (नेप्से) २०.६९ अंकले बढेर २९४७.४३ बिन्दुमा पुगेको छ। आइतबार नेप्से सूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको थियो।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सोमबार ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार सोमबार कूल सात अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकम भने आइतबारको तुलनामा घटेको हो।

आइतबार कूल ९ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारबार भएको थियो। आज कारोबारमा आएका कूल २२४ वटा कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर किनबेच भएका छन्।

आज कारोबारमा आएको ९७ कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी ८१ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ११ कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।

आज मध्य भोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज ४४ करोड ५४ लाख रुपैयाँभन्दा बढी सहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रोमा अपि पावर र तेस्रोमा अपर तामाकोशी परेका छन्। १३ मध्ये १० समूह सकारात्मक देखिएको छ।

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment