स्रोत नखुलेको ३० लाख सहित एक प्रहरी नियन्त्रणमा

०३ माघ, काठमाडाैँ । नेपाल प्रहरीले स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महोत्तरी जिल्लोको मटिहानी नगरपालिका–८ बाट उक्त स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम फेला परेको हो । यस सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment