पाँच हजार ७४७ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

०३ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Corona DeathCoronaviruscovid 19 updateCovid-19Deathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment