मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

०३ माघ, ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिनुभयोे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmandu Digital KhabarNepali News
Comments (0)
Add Comment