सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ

०३ माघ, काठमाडाैँ । सुनको भाउ सोमबार नेपाली बजारमा सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीके भाउ तोलाको १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजावी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.०२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment