बढी मानसिक तनाव, हृदयाघातकाे सम्भावना !

०२ माघ, द न्युयोर्क टाइम्स । सम्भवत तपाईंहरु सबै मुटु रोगका प्रमुख कारणहरु : उच्च रक्तचाप, उच्च कोलेस्टेरल, धुमपान, मधुमेह, अत्यधिक मोटोपना र शारीरिक निष्कृयताबारे जानकारै हुनुहुन्छ होला । तपाईंका डाक्टरले पटक पटक ति खतरालाई लिएर तपाईंको स्वास्थ परीक्षण गरेर हृदयाघात वा मस्तिष्कघातबाट जोगाउन तपाईंहरुलाई सल्लाह वा उपचार पनि प्रदान गरे होलान् ।

तर के डाक्टरले तपाईंलाई तपाईंको जीवनको तनावको स्तरबारे पनि कहिले सोधेका छन् ? पछिल्ला अध्ययनहरुले जटिल मनौवैज्ञानिक चिन्ता वा तनाव तपाईंका मुटुको स्वस्थताका लागि माथि उल्लेखित कारणहरु भन्दा सायद अझै बढी महत्वपूर्ण हुन सक्ने देखाएका छन् । वास्तवमा कम स्वस्थ मुटु भएका मानिसहरुमा मानसिक तनावले शारिरीक तनाव निम्त्याउँदा प्राणघातक र गरै–प्राणघातक हृदयाघात हुने सम्भावना रहने अध्ययनको प्रतिवेदनमा जनाइएको छ ।

गत नोभेम्वरमा जेएएमएमा प्रकासित नयाँ अध्ययनमा ९ सय १८ जना बिरामीमा तिनीहरुको मानसिक र शारिरीक तनावले तिनीहरुका मुटुको अवस्थामा के कति प्रभावित गर्छन् भन्ने अनुसन्धान गरिएका तथ्यहरु उल्लेख गरिएका छन् ।

त्यस अनुसन्धानमा सहभागिता जनाउनेहरुका मुटुमा शारिरीक र मानसिक तनावका कारण मायोकार्डियल इस्चेमिया विकास भएको छ वा छैन भन्ने परीक्षण गरिएको थियो । मानसिक वा शारीरिक तनावका कारण हुने मायोकार्डियल इचेमिया अर्थात् मुटुका मांशपेशीमा अचानक रक्त प्रवाह कम पर्नजाने स्थितिमा हृदयघात वा मस्तिष्कघात हुनसक्छ ।

अनुसन्धानकर्ताहरुले ति बिरामीमाथि नौ वर्षसम्म अध्ययन गरेका थिए । त्यसमाथि पनि शारिरीक भन्दा मानसिक पिडा वा तनावको कारण ति बिरामीका मुटुका अवस्था बढि प्रभावित भएको अध्ययनले पत्ता लगाएको छ ।

पत्ता लगाइएको नयाँ तथ्यलाई लिएर एकजना भुक्तभोगीले भनेका छन्, “सन् १९८२ मा मेरो पिताको झण्डै ज्यानै जानेगरी ह्रदयाघात भएको बेला नै यो वास्तविकता थाहापाएको भए वेश हुन्थ्यो । अस्पतालबाट डिस्चार्ज गरिँदा वहाँलाई धेरै शारिरीक परिश्रम नगर्नु, जस्तै ३० पाउन्ड भन्दा बढी तौलको वस्तु नउठाउने सल्लाह दिइएको थियो । तर त्यतिवेला उहाँलाई भावनात्मक चिन्ता नलिन वा चिडचिडे स्वभावका कारण खतरा बढ्न सक्नेबारे केहि बताइएको थिएन । यस नयाँ तथ्यले यसअघि विश्वका ५२ वटा मुलुकका २४ हजार ७ सय ६७ जना बिरामीमाथि मुटु रोगको खतराका कारणबारे गरिएका अध्ययनको परिणामलाई थप प्रकाश पारेको छ ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthHeartInternationalMental HealthNewsPoliticVaccine
Comments (0)
Add Comment