घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

०१ माघ, भक्तपुर । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

यी मन्दिरमा रहेका देवताको शरीरमा घ्यू र चाकु लगाइदिने गरिन्छ । नेवारी भाषामा घ्यू, चाकु सल्हुँ भनिने आजको दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

आज नुहाइधुवाइ गरी जीउमा तेल घसेर घ्यू, चाकु तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरी माघे सङ्क्रान्ति मनाइने तलेजु मन्दिरका नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment