सुनकाे भाउ एक सातामा प्रतितोला १ हजार १०० रूपैयाँले बढ्यो

३० पुस, काठमाडाैँ । पुस महिना सकिनै लाग्दा सुनको मूल्य निरन्तर बढीरहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साता समयावधिमा सुनकाे भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा १ हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदी पनि यस अवधिमा तोलामा ३५ रुपैयाँले बढेको छ । गत आइतबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबारको तुलनामा आज शुक्रबार सुन तोलाको भाउमा २०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबारका लागि छापावाला सुनकाे भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ ताेकिएको छ ।  बिहीबार छापावाला सुन तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.२१ डलर आसपासमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilverhealthnepalNews
Comments (0)
Add Comment