छसय एघार घरपरिवारलाई निःशुल्क कम्बल वितरण

२९ पुस, खोटाङ । केपिलासगढी गाउँपालिकाका ६११ घरपरिवारलाई कम्बल निःशुल्क वितरण गरिएको छ । अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरुको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो ।

सप्तेश्वर, बाक्सिला र बास्पानीका २६०, खार्ताम्छा र फेदीका १६५, दिप्सुङ र सुङ्देलका १८६ घरपरिवारलाई कम्बल वितरण गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सहसचिव माइतीराज राईले बताउनुभयो । अमेरिकी संस्थाको आर्थिक सहयोगमा खरिद गरिएको कम्बल सोही दलका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले वितरण गर्नुभएको थियो ।

जिल्लामा जाडो याम सुुरु भएसँगै चिसोले कठ्याङ्ग्रिएर रात बिताउँदै आएका अतिविपन्न, एकल महिला र अशक्त कम्बल पाएपछि हर्षित भएका छन् । यसैबीच बुधबार दिउँसो वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको छ ।

लेकाली भेगमा हिमपात तथा बेँसी क्षेत्रमा भारी वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको हो । वर्षा र हिमपातपछि एक्कासि बढेको चिसोका कारण जिल्लाको जनजीवनमा असर परेको छ । चिसो बढेसँगै जिल्लामा बिजुली खपत बढ्नाका साथै हिटरको व्यापार बढेको व्यापारीले बताएका छन् ।

वर्षा र हितपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालित सबै यातायातका सवारीसाधन अवरुद्ध भएको छ । यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरु गन्तव्यमा नपुगी बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment