तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

२६ पुस, पाल्पा । तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

तानसेन–६ वडा कार्यालय रहेको भवनमा इ चौतारीले सेवा दिएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ । तानसेनका नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताउनुभयो ।

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण ल्याउन थालिएको बताउनुभयो । ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा उक्त नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ ।

पुस्तिका प्रकाशन

तानसेन नगरपालिकाले ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशनमा ल्याएको छ । फरक क्षमता भएका दृष्टिविहीन नागरिकको बजेट तथा सूचनासम्बन्धी पहुँच विस्तार गर्न ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशन गरिएको जनाइएको छ ।

जिल्लामा पहिलो पटक ब्रेललिपिमा बजेट समावेश गरी पुस्तिका प्रकाशनमा ल्याइएको हो । फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेट पुस्तक अध्ययन गरी नगरपालिकाको बजेटसम्बन्धी जानकारी पाउन सहजता हुने नगर प्रमुख शाहीले बताउनुभयो ।

नगरपालिकाभित्रका फरक क्षमता भएका नागरिकको चाहना र मागअनुसार बजेट पुस्तक ब्रेललिपिमा प्रकाशित गरिएको हो । नगरको बजेट, नीति तथा कार्यक्रम सर्वसाधारणको फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेटसम्बन्धी पुस्तक ब्रेललिपिमार्फत अध्ययन गर्ने व्यवस्था गरिएको नगर प्रमुख शाहीले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment