न्युयोर्कको अर्पाटमेन्टमा आगलागी : ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

२६ पुस, एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाइते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाइतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३ जना घाइते भएका छन् ।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरू आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो ।

आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment