ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

२५ पुस, कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको छ । उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत परिवर्तन गरिएको छ । “सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएको पाइएको छ”, उहाँले भन्नुभयो, “मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदुषण हुने गरेको छ ।”

मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर चालकलाई सम्झाइबुझाइ पठाउने गरिएको सिंहको भनाइ छ । सम्झाउने र कारवाही गर्ने काम सँगसँगै थालिएको छ । कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment