रघुगङ्गाको भवन निर्माण

२५ पुस, काठमाडाैँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ ।

चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रु एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत रु २६ लाख ५७ हजार विनियोजन गरेको थियो । “बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको हो”, उहाँले भन्नुभयो ।

हाल माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ । भवन र सभाहल ठेक्कामार्फत रु ७६ लाख तथा उपभोक्ता समितिमार्फत रु ५३ लाखमा निर्माण अघि बढेको थियो । त्यसअघि गाउँपालिकालले सेवा प्रवाहका लागि ६ घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको थियो । अब मासिक रु ५० हजार घरभाडा बराबरको रकम जोगिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmanduMain HeadlinesNepali News
Comments (0)
Add Comment