आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

२५ पुस, काठमाडाैँ। नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ। निगमको कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त माग गरेको हो।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

कार्यकारी प्रमुख हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।

साथै, उद्योग वाणिज्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मानोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्नेछ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा ५ हजार रुपैयाँसहित दरखास्त दिन सक्नेछन्। यसअघिका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले राजिनामा दिएसँगै कम्पनीले आवेदनका माग गरेको हो। पौडेललाई २०७५ साल पुस २३ गते मन्त्रिपरिषद् बैठकले निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment