करेन्ट लागेर वीरगञ्जमा दुई जना घाइते

२४ पुस, वीरगञ्जमा । वीरगञ्जमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३८ वर्षीय शर्मा पटेल र वडा नं १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल घाइते भएका हुन् ।

शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरु वीरगञ्ज– ९ रानीघाटस्थित कमल रौनियारको घर बनाउने काममा खटिएका थिए ।

घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीहरुको उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentbusinessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment