सुरक्षा चुनौतीका विषयमा छलफल

२२ पुस, काठमाडाैँ । आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ । यद्यपि सरकारले निर्वाचनको मिति तय भने गरेको छैन । बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिले सुरक्षा चुनौती थपेको निष्कर्ष पेश गरिएको थियो ।

“समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका बारेमा समितिमा छलफल भयो”, उहाँले भन्नुभयो । समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका उच्च अधिकारी उपस्थिति हुनुहुन्थ्यो ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment