आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो एशियन हाइड्रोपावर

२२ पुस, काठमाडाैँ । प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै एशियन हाइड्रोपावर लिमिटेड नेपाल धितोपत्र बोर्डमा पुगेको छ।

कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति माग्दै पुस १९ गते बोर्डमा आवेदन दिएको बताएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सो बराबरको सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि यसअघि नै एनएमबी क्यापिटललाई सेयर निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalPolitic
Comments (0)
Add Comment