बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२० पुस, काठमाडाैँ । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई

सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentbusinessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment