श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

२० पुस, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्री देउवाले श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

उहाँको आज ९५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँमा निधन भएको काँग्रेसले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroDeathdigital khabarhealthKathmanduMain HeadlinesNepali NewsRainSher Bahadur Deuba
Comments (0)
Add Comment