मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

२० पुस, काठमाडाैँ । भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । भारतीय कांग्रेस आईकी नेतृ रीता यादवलाई कालो झण्डा देखाएको भन्दै अज्ञात समूहले गोली प्रहर गरेको हो ।

घाइते यादवले भनिन्, ‘म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएको थिएँ । त्यहाँबाट फर्किदै गर्दा राजमार्गमा तीन जनाले ओभर टेक गरी मेरो बोलेरोलाई रोके अनि गोली हान्दै मार्ने धम्की दिएका थिए। मेरो ड्राइभरको कन्चटमा पेस्तोल राखेका थिए ।

मैले प्रतिकार गरेपछि उनहरुले गोली चलाएका थिए । गोली मेरो खुट्टामा लागेको छ ।’ अज्ञान समूहले सोमबार उनीमाथि गोली प्रहार गरेको थियो । गोली उनका खुट्टामा लागेको थियो । घाइते अवस्थमा उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको उपचार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले गत नोभेम्बर १६ का दिन एक कार्यक्रममा कालो झण्डा देखाएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनी धरौटीमा रिहा भएकी थिइन् । उनी गत डिसेम्बर १७ मा समाजवादी पार्टीबाट कंग्रेसमा प्रवेश गरेकी थिइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmanduMain Headlines
Comments (0)
Add Comment