सत्तारुढ गठबन्धन बैठक : राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिने सहमति

१९ पुस, काठमाडाैँ । सत्तारुढ गठबन्धन दलले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको छ । उन्नाइसमध्ये बाँकी आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक-एक सिट दिने सहमति भएको उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलले यसअघि नै चुनावी तालमेल गर्ने आपसी सहमति गरेका थिए । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital kahabrdigital khabarhealthNepali NewsPolitics
Comments (0)
Add Comment