छात्रालाई साइकल वितरण

१९ पुस, चितवन । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्रालाई साइकल प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका नगरपालिकाका प्रमुख नारायण वन र वडाध्यक्ष भट्टराईले संयुक्त रुपमा विद्यार्थीलाई साइकल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख वनले सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकल दिन सुरु गरिएको हो ।”

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशव आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडासदस्य किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडासचिव चन्द्रमणि आचार्य,विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालयस्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडालगायतको उपस्थिति रहेको थियो ।

ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने

चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् ।

सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताउनुभयो । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् । ती टिम वि डिभिजनमा झर्ने छन् । ३६ सेमीफाइनल र फाइनल गरी ३९ खेल हुने उहाँले बताउनुभयो । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश हुनेछन् ।

प्रतियोगितामा १३ टिम सहभागी हुने छन् । हरेक वर्ष हँुदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन । विजेताले नगद रु एक लाख र ट्रफी, मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु ५० हजार नगद र ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

तेस्रो र चौथो हुने टिमले समान रु २५ हजार नगद प्राप्त गर्नेछन् । हरेक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु एक हजार, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई समान रु पाँच हजार नगदसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता पूरा गर्न करिब रु सात लाख खर्च लाग्ने जनाइएको छ । स्थानीय प्रायोजक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आर्थिक सहयोग गरेका छन् ।

सहभागी टिममा साविक विजेता सौराहा युवा समाज सौराहासहित माडी–११ माडी, एभरेस्ट क्लब चितवन, गीतानगर व्वाइज क्लब, नारायणगढ फुटबल क्लब एनएफसी, हर्दी युवा समाज भण्डारा, नारायणी मोटर्स युनिक क्लब वसेनी, एष्ट्रल युथ सोसाइटी चोकबजार, नारायणी फुटबल क्लब, पानस युवा क्लब कृष्णपुर, केविए ग्लोबल भरतपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Chitwandigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment