गर्भवतीलाई पौष्टिक आहार उपहार

१८ पुस, तातोपानी । बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिनुभयो । “

गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका विकास र सामाजिक गतिविधिदेखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाइ विषयमा छलफल गर्छौँ ।”

समूहका बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवती र सुत्केरी हुँदा स्याहारसुसार गर्न सजिलो भएको रत्नेचौर उपल्लाचौरकी देवी थापामगरले बताउनुभयो । उहाँकी बुहारी कमला दुई महिनाअघि सुत्केरी हुनुभएको थियो ।

आमा समूहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सीता थापा दुई महिनाअघि सुत्केरी हुनुभएको थियो । आमा समूहले दिने सहयोगले गर्भवती अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताउनुभयो ।

रत्नेचौरका जनप्रतिनिधिले आमा समूहको मागअनुसार पोषण प्रवद्र्धन र सचेतना अभिवृद्धिका लागि बजेटको समेत व्यवस्था गरेका छन् । आमा समूहको सक्रियता र पोषणसम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्यूनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

उहाँले स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विगतका वर्षमा पनि सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो । सो बजेटबाट महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका साथै वडाका गर्भवतीलाई पौष्टिक र सरसफाइका सामग्री लिएर जनप्रतिनिधिले घरभेट गर्ने गरिएको वडाध्यक्ष रावलले बताउनुभयो ।

पत्रकारका लागि क्षमता विकास तालिम

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा शनिबारदेखि यहाँका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समितिका सहयोगमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको समन्वयमा सुरु भएको सो तालिम तीन दिनसम्म चल्नेछ ।

चालिस सहभागी तालिमको शुभारम्भ गर्दै बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठले जिम्मेवार, विश्वसनीय, मर्यादित र खोजमूलक पत्रकारिताको आवश्यकतामा जोड दिनुभयो । प्रमुख प्रशिक्षक तथा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष सोनी शर्माले प्रविधिको प्रयोगसँगै पत्रकारितालाई विविधीकरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सुशासन, पारदर्शिता, विकास र सेवाप्रवाहलाई पभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत बनाउनुका साथै सकारात्मक कार्यको प्रवद्र्धनको पनि अपेक्षा गरिएको बताउनुभयो । महासङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पूर्वअध्यक्ष तारानाथ शर्माले जिल्लाका सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धि भए पनि सामग्रीलाई गुणस्तरीय, खोजमूलक, तथ्यपरक र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathhealthKathmandhuKathmanduRain
Comments (0)
Add Comment