थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी

१६ पुस, काठमाडौँ । थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष दानी प्रगतिशील पत्रकार सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन, सुजना महर्जन श्रेष्ठ, राहुल गोपाली, रिकेस महर्जन निर्वाचित हुनुभएको नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत, कोषाध्यक्षमा विराज शाही, कानुुनी सल्लाहकारमा विशाल शाही र सल्लाहकारमा संस्थापक अध्यक्ष नन्ददास अमात्य, सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगी मनोनीत गर्नुभएको छ । संस्थाले मानवीय सेवाका गतिविधि तथा युवामा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi Pahirobusinessdigital khabarhealthKathmanduNepali NewsPoliticRain
Comments (0)
Add Comment