सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल

१४ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सबै वर्ग र समुदायको सक्रिय समावेशिता बिना सङ्गठन चल्न नसक्ने भएकाले यसतर्फ सबै सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गुटगत राजनीतिले गर्दा पार्टीमा स्थापित नेताले पनि पराजय भोग्नुपरेको उल्लेखगर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य अर्यालले आर्थिक विकास र समृद्धिका लागि कांग्रेसले मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित भएर योजना बनाउने बताउँदै कांग्रेसको बहुमतको सरकार बनेमा मुलुकको आर्थिक विकास, सुशासन र रोजगार सिर्जना हुने दाबी गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Congressdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment