दिल्लीमा कोभिड संक्रमण दर बढेपछि सावधानी अपनाउन नागरिकलाई सुझाब

१४ पुस, बीबीसी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमण बढेको देखिएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो । लगातार दुई दिन संक्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताए ।

दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ । चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भएपनि वपारिक केन्द्र र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसीले जनाएको छ ।

दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन् । विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जानकारी गराए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment