रोनाल्डोले जिते इतिहासकै सर्वाेत्कृष्ट गोलकर्ताको अवार्ड

१३ पुस, काठमाडाैँ । क्रिष्टियानो रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’मा इतिहासकै सर्वाेत्कृष्ट गोलकर्ताको अवार्ड जितेका छन् ।

युएईको दुबाईमा सोमबार सम्पन्न ‘ग्लोब सकर अवार्ड’मा रोनाल्डोलाई इतिहासकै सर्वाेत्कृष्ट गोलकर्ताको अवार्ड प्रदान गरिएको हो ।

अवार्ड कार्यक्रममा अनुपस्थित रहेको रोनाल्डोको अवार्ड उनका एजेण्ट जोर्गे मेन्डिसले थापेका थिए ।

रोनाल्डोले अवार्ड समारोहको १२औं संस्करणमा इतिहासकै सर्वाेत्कृष्ट गोलकर्ताको अवार्ड जित्न सफल भएका हुन् ।

अवार्ड कार्यक्रममा उपस्थित हुन नसकेका रोनाल्डोले भिडिओ सन्देश पठाउँदै आफू उपस्थित हुन नसकेपनि अवार्डले आफूलाई गर्भवान्वित बनाएको र अर्काे वर्ष उपस्थित हुने बताए ।

रोनानल्डोले फुटबल करियरमा कुल ८०० गोल गर्दै सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीको शिर्ष स्थानमा छन् ।

जारी सिजन खराब लयमा देखिएका रोनाल्डो म्यान्चेस्टर युनाइटेडको लागि भने मुख्य पात्रको रुपमा मैदानमा देखा परिरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigitalkhabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment