सुनको मूल्यमा सोमबार सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँले घट्यो

१२ पुस, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाामा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य बढेपनि चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । यस्तै आइतबार सुनचाँदीको मूल्य स्थीर रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilvernepalNews
Comments (0)
Add Comment