आजदेखि बजारमा ५ सय रुपैयाँका नयाँ नोट, यस्ता छन् विशेषताहरु

०९ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज मंसिर ९ गते शुक्रबार देखि ५ सय रूपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापनका अनुसार साविककै आकारमा तथा रङगमा, सङ्केत नं छ ३८०००००१ देखि झ ४२९९९९९९ सम्मका ५ सय रुपैयाँ दरका नयाँ नोट चलनचल्नीमा आएका हुन् ।

नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ सय तुरुन्त पाइनेछ, भन्ने प्रतिज्ञामुलक वाक्याशं सहित देहाय बमोजिमका विशेषताहरु भएको नोट यही २०७८ पुस ९ गते देखि चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्र भागमा

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

३. नोटमा गभर्नरको दीतखत रहने स्थानमा महा प्रसाद अधिकारीको दस्तखत रहेको छ ।

४. नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बार नेपालीमा वि सं लेखिएको छ ।

५. ३.५ मि.मी चाैडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षणको रहेको छ ।

६. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको

७. लालीगुराँस पानी छापको बायाँतर्फ फरक क्षमता भएको (दृष्टिविहिन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको ।

नेटको पृष्ठ भाग

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।
२. नोटको मध्य भगमा पाटेबाघको चित्र रहेको छ ।
३. नोटको ताल्लो भागमा अंग्रेजीमा रूपिज फाइभ हन्ड्रेड लेखिएको छ ।
४. नोटको तल्ललो भागको बोर्डरमा नोटको सिरियल नम्बर अंग्रेजीमा २०२० ए डी लेखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebooknepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment