कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत

०८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेत कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताउनुभएको छ । नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका उहाँका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उहाँले पार्टीको १४औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज्ज्वल बनाएको बताउनुभएको हो ।

“कांग्रेसले आगामी दिनमा तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,”उहाँले भन्नुभयो । कांग्रेसलाई आगामी दिनमा ठूलो, राम्रो र जनताको पीरमर्का बुझ्ने पार्टी बनाउने उहाँको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने उहाँले बताउनुभयो ।

नेता बस्नेतले पार्टीका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उल्लेख गर्नुभयो । तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा तरुण दललाई बलियो बनाउनका लागि आफ्नो साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत सिङ्गो देशभरीको तरुणको जित भएको जनाउँदै तरुणका साथीलाई आगामी दिनमा समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathhealthKathmandunepali congressNepali NewsPoliticsRain
Comments (0)
Add Comment