बजार खुलेको ५ मिनेटमा एक लाख कित्ता शेयर किनबेच

०७ पुस, काठमाडौं । मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ । कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि २८ अंक भन्दा धेरैले बढेको छ ।

५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै कारोबार हुँदा कारोबार रकम १७ करोड १५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय शेयर बजार लगातार ओरालो लाग्दा कारोबार संख्या र कारोबार रकम पनि कम हुने गरेको छ ।

मंगलबार भने ५६ दशमलव ७३ अंकले नेप्से परिसूचक बढेको थियो । कारोबार रकम भने २ अर्ब ३८ करोड रुपैयाँको मात्रै भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessDeathhealthKathmanduRainshare market
Comments (0)
Add Comment