नेप्सेले निकाल्न छाड्यो “विक्ली रिपोर्ट”, औचित्य नभएको भन्दै बन्द गर्ने तयारी

०६ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पूर्व सूचना बिना नै साप्ताहिक रिपोर्ट प्रकाशन बन्द गरेको छ। दुई महिनादेखि उसले कुनै पूर्व सूचना बिना नै साप्ताहिक रिपोर्ट प्रकाशन बन्द गरेको हो।

नेप्सेले सुरुवात देखिनै निष्कासन गर्दै आएको साप्ताहिक रिपोर्ट निष्कासन बन्द गरेपछि लगानीकर्ता साप्ताहिक कारोबार हेर्न वञ्चित हुँदै आएका छन्।

लगानीकर्ताहरूले निरन्तर रुपमा प्रवाह हुँदै आएको सूचना एकाएक रोकेकोमा असन्तुष्टि जनाएका छन्। “दुई महिनादेखि विक्ली रिपोर्ट नै नेप्सेले सार्वजनिक गरेको छैन। उसले किन ननिकाले हो भनेर कुनै जानकारी दिएको छैन।

नियमित रुपमा निष्कासन गर्दै आएको रिपोर्ट निष्कासन बन्द गर्दा लगानीकर्तालाई एक पटक पनि जानकारी नदिनु भनेको लगानीकर्ताप्रति कुनै जवाफदेहिता नभएको रुपमा मैले लिएको छु” शेयर बजारका पुराना लगानीकर्ता ध्रुव थापाले मेरो लगानीसँग भने।

नेप्सेले भने उक्त रिपोर्ट सार्वजनिक गर्न नसकेकोमा प्राविधिक र औचित्यको विषय भनेको छ। रिपोर्टमा आउने सबै तथ्याङ्क नियमित रूपमै वेब साइटमा आउने भएकोले पनि त्यसलाई आउने दिनमा निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल चलिरहेकोले अहिलेलाई प्रकाशन नगरिएको नेप्सेको भनाइ छ।

तर निष्कासन बन्द गर्ने विषयमा भने कुनै निर्णय भने भई सकेको छैन। निष्कासन बन्द गर्ने निर्णय नभई प्रकाशन बन्द भएको विषयमा भने उसले प्राविधिक विषय भनेको छ। पछिल्लो समय उक्त रिपोर्ट निकाल्न प्राविधिक कठिनाइ देखिएकोले अहिले उक्त रिपोर्ट सार्वजनिक नभएको नेप्सेका एक अधिकारीले जानकारी दिए।

नेप्सेले गत असोज २२ गते अन्तिम पटक साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको थियो। त्यस यता उसले एउटा पनि साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छैन। मासिक रिपोर्ट भने उसले नियमित रुपमा प्रकाशन गर्दै आएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessDeathhealthKathmanduRainshare market
Comments (0)
Add Comment