नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. भट्ट

०३ पुस, काठमाडाैँ । केन्द्रीय बैंकको प्रवक्तामा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पुनः नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

उनले पुस १ गते बिहीबारदेखि प्रवक्ताको पद (जिम्मेवारी) सम्हालेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । उनी दोस्रोपटक नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् ।

यसअघि उनी २०७६ पुस १६ गतेदेखि २०७७ चैत ९ गतेसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । राष्ट्र बैंकका तत्कालीन प्रवक्ता तथा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले सेवाबाट अवकाश पाएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

भट्टलाई हटाएर तेस्रो स्थानका कार्यकारी निर्देशक तथा राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकाललाई २०७७ चैत १० गतेदेखि राष्ट्र बैंकको प्रवक्ता नियसक्त गरिएको थियो । ढकाल २०७८ मंसिर २९ गतेसम्म प्रवक्ताको जिम्मेवारीमा रहे ।

‘प्रवक्ता’ ले केन्द्रीय बैंकको सूचना, तथ्याङ्क र जानकारी सञ्चार माध्यमबाट माग भए अनुरुप आधिकारिक रूपमा प्रवाह/सम्प्रेषण/सार्वजनिक गर्ने भुमिका निर्वाह गर्दछन् । ‘प्रवक्ता’ गभर्नरले तोकेको बैंकको कार्यकारी निर्देशक रहने व्यवस्था छ ।

प्रवक्ताको अनुपस्थिति वा कार्यव्यस्तताको समयमा बैंकको सूचना, तथ्याङ्क र जानकारी आधिकारिक रूपमा सार्वजनिक गर्न गभर्नरले गभर्नरको कार्यालयको निर्देशकलाई सह प्रवक्ता तोक्ने व्यवस्था छ । हाल नारायण प्रसाद पोखरेल सह प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNews
Comments (0)
Add Comment