प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालको बधाई

०२ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

भेटका अवसरमा उहाँहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthnepali congressNepali NewsPoliticsSher Bahadur Deuba
Comments (0)
Add Comment