हास्य कलाकारहरुको विशेष प्रस्तुतिमा चावहिलको मनास्लु वर्ल्ड कलेजले बिहीबार विद्यार्थीलाई स्वागत तथा विदाई गर्दै

२९ मंसिर, काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले पौष १ गते बिहीबार नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गर्ने भएको छ ।


मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहने छ । कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति दिने छन् ।

‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए । ‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।


क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment