प्रचण्ड एण्ड माकुने कम्पनी देशमा अस्थिरता मच्चाउने तत्व : ओली

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता मच्चाउने शक्ति हावी भएको बताएका छन्। केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै ओलीले अस्थितरता मच्चाउन सक्रिय अरु कोही नभएर प्रचण्ड एण्ड माकुने (माधवकुमार नेपाल) कम्पनी भएको बताए।

‘अस्थिरता मच्चाउने शक्ति अहिले सक्रिय भएर लागेका छन्। ति शक्ति प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी हुन्। यी सबैभन्दा ठूला अस्थिरता मच्चाउने कम्पनी हुन्।’, उनले भने।

ओलीले कम्युनिष्ट एकताको नाममा यस्ता तत्वसँग एकता सम्भवै नभएको बताए। ‘केही साथीहरुले कम्युनिष्ट एकता गर्नुपर्छ भनिरहेका छन्। म के स्पष्ट पार्न चाहन्छु भने यस्ता अस्थिरताका तत्वहरुसँग एकता हुनै सक्दैन, असम्भव छ।’, उनले भने।

उनले जनयुद्धको नाममा अस्थिरता मच्चाउन खोजिएको आरोप पनि लगाए। ‘जनयुद्धको नाममा लाखौंको ज्यान लिइयो। त्यसका लागि गरिब, सर्वहारालगायत महान क्रान्तिको एउटा सेन्टिमेन्ट ल्याइयो। त्यो जनयुद्ध होइन अस्थिरता मच्चाउन गरिएको षडयन्त्र थियो। त्यसका लागि बाहिर देशमा सैनिकलाई तालिम दिइन्थ्यो। अहिले त्यही अस्थिरताको प्रयासमा केही मामुली मानिस महान नेता बनेका छन्। देशले धोका पायो। अझै ति मानिस अस्थिरता मच्चाउन लागिपरेका छन्।’, ओलीले भने।

उनले तत्कालिन राजा ज्ञानेन्द्रसँग प्रचण्डले साँठगाठ गरेको र पाँच बुँदे सहमति गरेको बताए। त्यसकै फलस्वरुप ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाएको उनको भनाइ छ।

सेयर कारोबारीले प्रचण्डलाई चन्दा नदिएको झोकमा उनले सेयर बजारका बारेमा नकरात्मक टिप्पणी गरेको आरोप पनि ओलीले लगाए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment