एनसीसी बैंक २५ औं वर्षमा, २५ वर्षदेखि निरन्तर काम गर्ने पाँच कर्मचारीलाई सम्मान

२९ मंसिर, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले स्थपनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । मंगलबार २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।

मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।

२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकीङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए ।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीयरुपमा सहभागी हुदैँ आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment